निर्वाचनमा ६८ संस्थाका २० हजार पर्यवेक्षक


काठमाडौं – निर्वाचन आयोगले वैशाख ३० हुने स्थानीय निकायको निर्वाचनका लागि २० हजार पर्यवेक्षकले परिवेक्षण गर्ने जनाएको छ । निर्वाचन पर्यवेक्षणका लागि हालसम्म ६८ वटा संस्थाले अनुमति लिएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

२० हजार पर्यवेक्षकलाई आयोगको परिचय पत्रसहित मतदान केन्द्रहरुमा परिचालन गरिने प्रवक्ता पौडेलले बताए ।

यसैबीच, निर्वाचन सुरक्षामा एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । नेपाल प्रहरीले ६५ हजारभन्दा बढी जनशक्ति निर्वाचन केन्द्रित सुरक्षामा परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका ७१ हजार जनशक्ति निर्वाचनमा खटिने छन् भने सशस्त्र प्रहरीबाट ३२ हजार जनशक्ति निर्वाचनमा परिचालिने हुने छन् ।

प्रतिक्रिया