मालिका गाउँपालिका अध्यक्षको लागि एकीकृत समाजवादीको तर्फबाट गौतमले गराए उम्मेदवारी दर्ता


गुल्मी- वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीमा उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ९३ वटै वडाअध्यक्ष पदका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।

यसैबीच जिल्लाको मालिका गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीको तर्फबाट समिर गौतमले उम्मेदवारी दर्ता गराएका छन् । मालिका गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गौतमले उम्मेदवारी दर्ता गराएका हुन् ।

समाजवादी गुल्मी – काठमाडौं सम्पर्क मञ्चका सचिव तथा सामाजवदी निकट विद्यार्थी संगठन अनेरास्ववियू सचिबालय सदस्य समेत रहेका गौतम पछिल्लो समय राजनितिमा सक्रिय रुपमा लागिरहेका छन् ।

राजनीतिमा नेतृत्व परिवर्तन पटक पटक हुँदा पनि तल्लो तहका नागरिकको जीवनस्तरमा भने कुनै परिवर्तन हुन नसकेकाले अवस्था परिवर्तनका लागि आफुले अध्यक्ष पदमा  उम्मेदवारी दिएको गौतमले बताए ।

‘विभिन्न कालखण्डमा परिवर्तन भएका नेतृत्वको ऐजेण्डा र कार्यशैली एकै प्रकारको छ उनले भने यो क्षेत्रमा वैकल्पिक र साँच्चिकै तल्लो तहका नागरिकको जीवनस्तर सुधार गर्ने नेतृत्वको जरुरत छ त्यही कारण मैले उम्मेदवारी घोषणा गरेको हुँ । उनले भने ।’

राजनैतिक प्रति जनताको बितृष्णा अन्त्य गर्ने र समग्र युवापक्तिंहरुको प्रतिनिधित्व गर्ने गरी आफुले उम्मेदवारी घोषणा गरेको उनको भनाई रहेको छ । त्यस्तै मालिका गाँउपालिका ७ घमिरबाट वडाअध्यक्षमा युवराज लम्सालले उम्मेदवारी दर्ता गराएका छन् ।

स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लामा २ लाख २४ हजार २७६ जना मतदाता रहेका छन् । निर्वाचनको लागि १४२ मतदान स्थल रहेको छ भने २ सय ७९ वटा मतदान केन्द्र छ । जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार गुल्मीमा ४ सय ८९ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

प्रतिक्रिया