गठबन्धनको निर्णय अनुसार उम्मेदवारी दर्ता गर्न निर्देशन


काठमाडौं – सत्तारुढ गठबन्धनको बैठकले सत्ता गठबन्धनकै उम्मेदवारलाई निर्वाचित गराउन आ-आफ्नो संयन्त्रमार्फत् पहल गर्ने निर्णय गरेको छ ।

आज बिहान काठमाडौंमा बसेको सत्ता गठबन्धन दलको शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो ।

बैठकले गठबन्धनको निर्णय अनुसार उम्मेदवारी दर्ता गर्न निर्देशन समेत दिएको छ ।

गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउन आ–आफ्नो दलको संयन्त्रमार्फत् निर्देशन दिने निर्णय आजको बैठकले गरेको कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलेबताए ।

प्रतिक्रिया