

जसपाबाट विराटनगरको उपमेयरमा छोरा अमरेन्द्र यादव उम्मेदवार

विराटनगर – जनता समाजवादी पार्टीले गठबन्धनबाट पाएको विराटनगरको उपमेयरमा अमरेन्द्र यादवलाई उम्मेदवार बनाउने भएको छ ।
अमरेन्द्र जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।
जसपा प्रदेश उपाध्यक्ष राजकुमार यादवले अमरेन्द्र यादव उपमेयरको उम्मेदवार टुङ्गिएको बताए ।
विराटनगरको मेयरमा नागेश कोइरालालाई काँग्रेसले अघि सारेको छ ।

