काठमाडौं महानगरको मेयरमा कांग्रेसबाट सिर्जना सिंह उमेदवार


काठमाडौं –  नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उमेदवार बनाउने निर्णय गरेको छ । सिंहले आज दिउँसो उमेदवारी दर्ता गराउने छिन् ।

दिउँसो शान्तिबाटीकामा भेला भएर उमेदवारी दर्ता गराउन जाने काठमाडौं कांग्रेसले जनाएको छ । आज साँझ ५ बजेसम्म उमेदवारी मनोनयन दर्ताको समय तोकिएको छ ।  सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।

प्रतिक्रिया