
जसपाको तर्फबाट गण्डकी गाउँपालिकाको प्रमुखमा भीम श्रेष्ठ उम्मेदवार, यस्ता छन् एजेन्डा
काठमाडौँ– गोरखाको गण्डकी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट भीम श्रेष्ठ गाउँपालिका प्रमुखको उम्मेदवार बनेका छन्। जसपाको प्रदेश सदस्य तथा गाउँपालिका इन्चार्जसमेत रहेका श्रेष्ठलाई उक्त पार्टीले गाउँपालिकाको प्रमुखको उम्मेदवार बनाएको हो।
दीर्घकालीन योजनामार्फत समृद्ध गण्डकी गाउँपालिका बनाउने, नीतिमा मात्र होइन व्यवहारमै युवा नेतृत्व लागू गर्न, भौतिक पूर्वाधार विकासलाई जनस्तरसम्म पुर्याउन, आश्वासन होइन काम गरेर देखाउन, शक्तिको आधारमा होइन आवश्यकताको आधारमा बजेट तर्जुमा गर्न, सुशासन कायम गर्न र अनियमिततालाई शून्यमा झार्न, कार्यकर्ताभन्दा पनि जनताको सर्वाेच्चता कायम गर्न भन्ने एजेन्डा बोर श्रेष्ठ चुनावी मैदानमा उत्रिएका हुन्।
गोरखामा सत्ता गठबन्धन नहुने पक्कापक्की भएपछि गठबन्धन दलले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन्।



कागजपत्र |
