दोहोरिने मौका नदिएको भन्दै सिन्धुपाल्चोक त्रिपुरासुन्दरीका अध्यक्षले छाडे एमाले


सिन्धुपाल्चोक – नेकपा एमालेबाट त्रिपुरासुन्दरी गाउँपालिकामा दोहोरिने मौका नपाएपछि अध्यक्ष भुपेन्द्र श्रेष्ठले एमाले पार्टीबाट राजीनामा दिएका छन् । अध्यक्ष श्रेष्ठले आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी दावि रहेको र टिकटको निष्चित भयपछि षड्यन्त्र पुर्वक झुट तरिकाले आरोप लगाई टिकट खासियको भन्दै पाटीबाट राजीनामा दिएका हुन् ।

उनले सामाजीक संजाल फेसबुकमार्फत आफुले २८ बर्ष देखि एमाले पार्टीमा निष्ठा पुर्वक काम गर्दै आएको र पार्टीसँगको लामो समयदेखिको सम्बन्ध विच्छेद भयको घोषणागरेका छन् । उनले लेखेका छन्, ‘नेकपा एमाले २०५१ सालबाट सक्रियता राजनीति सुरु गरेर आज आइपुग्दा म गाउँपालिका अध्यक्षसम्म भएँ। म यो पार्टीको काम र अध्यक्ष रहँदा निष्ठापूर्वक जनताको काम गरेको थिएँ। तर कही दिनभित्र हुने स्थानीय तहको निर्वाचनको मनोनयन दर्ताको लागि मेरो उम्मेदवारी दावी थियो।’ टिकट निश्चित भइसकेको अवस्थामा आफूलाई षड्यन्त्र गराएर हटाएको उनको आरोप छ। उनी एमाले राष्ट्रिय महाधिवेशन सदस्य, प्रदेश कमिटि सदस्य समेत थिए।

‘टिकटको निश्चित भएपछि षडयन्त्रपूर्वक झुट तरिकाले आरोप लगाई टिकट खोसिएको हुँदा म आजदेखि नेकपा एमालेको राष्ट्रिय महाधिवेशन सदस्य, प्रदेश कमिटि सदस्य तथा संगठित सदस्यबाट समेत राजीनामा गर्दै २८ बर्षको सम्बन्ध विच्छेद भएको घोषणा गर्दछु’ उनको भनाइ छ।

श्रेष्ठ ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया