४०३ संक्रमित थपिए, ७ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर थप ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका योसँगै हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५९४ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ५५ हजार ८८ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८८५ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ८९ छ ।

प्रतिक्रिया