ओलीको कुर्सीको एउटा खुट्टा भाँचियो, अब एमालेको भविष्य छैनः माधव नेपाल


काठमाडौं –  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको कुर्सीको खुट्टा भाँचिएको टिप्पणी गरेका छन् । शनिबार नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त टिप्पणी गरेका हुन् ।

‘एकपछि अर्को गर्दै ओलीको पार्टीका मानिसहरु धमाधम हाम्रो पार्टीमा प्रवेश गरेका छन् । ओलीको कुर्सीको खुट्टा भाँच्चिएको छ’, उनले भने ।

नेकपा स्थापना दिवसको अवसरमा अध्यक्ष नेपालले एमालेका नेता पिताम्बर तिमल्सिनालाई नेकपा एकीकृत समाजवादीमा स्वाग गरेका छन् । अध्यक्ष नेपालले तिमल्सिनालाई स्वागत गर्दै भने, ‘केपी ओलीको कुर्सीको एउटा टेको भाँच्चियो । अर्को खुट्टा पनि बलियो छैन।’

अध्यक्ष नेपालले भने, नेकपा एस नै नेपालको कम्युनिस्ट आन्दोलनका मूल प्रवाह हो,एमाले बनाउने ५ जनामध्येका ३ जना हामी एकै ठाउँमा छौं । त्यो एमाले भन्ने केपी ओली गुटको भविष्य छैन । अझै पनि पैसा र शक्तिको मात छ ।

 

प्रतिक्रिया