महानगर र उपमहानगरको उम्मेदवार चयनका लागि एमाले सचिवालय बैठक बस्दै


काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्न लागेको हो। उनका अनुसार स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेद्वारबारे निर्णय गर्न र निर्वाचनसम्बन्धी आवश्यक निर्णय लिन सचिवालयको बैठक बस्न लागेको हो।

यसअघि बिहीबार बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले ७ वटा प्रदेश कमिटीले पार्टीमा सिफारिस गरेकानाम पढेर सुनाएका थिए।

ललितपुर हरिकृष्ण व्यञ्जकार, भरतपुरमा विजय सुवेदी र वीरगञ्जमा विजय सरावगीको मात्रै नाम एकलरुपमा सिफारिस भएर आएकाले उनीहरुको टुंगो लागिसकेको जनाइएको छ। काठमाडौं, पोखरा महानगर र उपमहानगर लगायतका स्थानीय तहमा उम्मेदवार चयन गर्न बैठक बस्न लागको हो।

आइतबार र सोमबार उम्मेदवारी दर्ताको लागि निर्वाचन आयोगले समय निर्धारण गरेको छ।

प्रतिक्रिया