
महानगरको उम्मेदवार टुंग्याउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडाैँ- नेपाली कांग्रेसले शनिबार महानगरपालिकाका उम्मेदवारको टुंगो लगाउने भएको छ। सत्ता गठबन्धनका दलबीच उम्मेदवारीका लागि सिट बाँडफाँट गर्दा आफ्नो भागमा परेका महानगरमा पार्टीका तर्फबाट उम्मेदवार छान्न आज (शनिबार) नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो।
गठबन्धनका पाँच दलबीच भएको सहमतिअनुसार देशका जम्मा ६ महानगरमध्ये नेपाली कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर परेका छन् भने नेकपा माओवादी केन्द्रलाई भरतपुर, नेकपा एकीकृत समाजवादीलाई पोखरा र जनता समाजवादी पार्टी (जसपा) लाई वीरगन्ज दिइएको छ।



कागजपत्र |
