काँग्रेस जनकपुर सभापतिले दिए राजीनामा


जनकपुरधाम – नेपाली काँग्रेस, जनकपुरधाम उपमहानगरपालिकाका सभापति मनोज साहले पार्टी परित्याग गरेका छन् ।

जनकपुरको मेयरमा जनता समाजवादी पार्टी (जसपा) लाई समर्थन गर्ने पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् ।

जनकपुरमा पार्टी मजबुत हुँदाहुँदै नेतृत्वले जसपालाई समर्थन गर्ने आत्मघाती निर्णय गरेकाले आफूसहित १५० जनाभन्दा बढीले पार्टी छाडेको उनले बताए ।

प्रतिक्रिया