आईपिएलमा सट्टेबाजी गर्ने दुई जना विराटनगरबाट पक्राउ


काठमाडौं – भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आइपिएल) खेलमा सट्टेबाजी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर ६ बस्ने ४२ वर्षीय सचिन कुमार साह र विराटनगर महानगरपालिका वडा नम्बर ९ बस्ने ४४ वर्षीय भूपेन्द्र कुमार शाह रहेका छन् ।

मोरङका डीएसपी दीपक श्रेष्ठले जिल्ला प्रहरी कार्यालयद्वारा खटिएको प्रहरी टोलीले उनीहरूलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको जानकारी दिए।

उनीहरूविरुद्ध मोरङ जिल्ला अदालतबाट सट्टाबाजी कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया