अफताब आलमको मुद्दामा आज पनि सुनुवाई हुँदै


काठमाडौं– रौतहटमा इटाभट्टामा जिउँदै मान्छे हाली हत्याको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमको मुद्दाको सुनुवाई आज हुने भएको छ ।

यसअघिको सुनुवाईमा हेर्दाहेर्दैमा रहेको उक्त मुद्दा सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासमा परेको छ ।

यसअघि गत वैशाख २ गते पनि सुनुवाई रहेको उक्त मुद्दा हेर्दाहेर्दैमा रहेको थियो । विगत लामोसमयदेखि सुनुवाको तय भए पनि अहिलेसम्म पनि सो मुद्दा किनारा लाग्न भने सकेको छैन ।

प्रतिक्रिया