

सुनको मुल्य ८०० ले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ – नेपाली बजारमा सोमबार सुनको मूल्य तोलमा ८०० रुपैयाले बढेको छ । आइतबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार तेजावी सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि बढेको छ ।
आइतबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर तोलामा १३२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

