

पत्नी सीताकै आग्रहमा छोरीहरुसहित दिल्ली लागे प्रचण्ड

काठमाडौं – पत्नी सीता दाहालको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल सोमबार भारत गएका छन्।
छोरीहरु रेणु दाहाल र गंगा दाहाल उपचारका लागि जाने भनिएकोमा पत्नी सीताको आग्रहमा प्रचण्ड पनि उनीहरुसँगै गएको जनाइएको छ ।
प्रचण्डसहित सबैजना सोमबार बिहान साढे ११ बजे दिल्ली जानका लागि विमानस्थल पुगेका छन् । भारतको मुम्बईमा हुने उपचारका लागि उनी दिल्ली हुँदै मुम्बई जान लागेका हुन्। काठमाडौंबाट मुम्बई सिधा उडान नहुने भएकाले उनी नयाँदिल्ली भएर मुम्बई प्रस्थान गरेका हुन ।
एयर इन्डियाको विमानमार्फत उनीहरु दिल्ली गएको जनाइएको छ ।

