रञ्जु दर्शनाले गरिन् यसपटक उम्मेदवार नबन्ने घोषणा


काठमाडौं – गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिएकी रञ्जु दर्शनाले यसपटक आफू निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेकी छिन् ।

गत निर्वाचनमा आफूले गरेको बाचा पूरा गर्न नसकेको आफूले उम्मेदवारी नदिने घोषणा गर्दै आफूले राजनीति भने छाडेको स्पष्टोक्ति दिएकी छिन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उक्त कुरा जनाएकी हुन् ।

उनले लेखेकी छिन्, नमस्कार सम्पूर्ण आम मतदाता तथा मेरा साथी, शुभचिन्तकहरू,

तपाइहरूको साथ र वैकल्पिक राजनीति प्रतिको अपेक्षा एवम् विश्वासले मलाई आफ्नै कटु समिक्षा र मूल्याङ्कन गर्न प्रेरित गरेको छ । सबैभन्दा कठिन पनि आफ्नै समिक्षा गर्ने काम रहेछ तर म सत्यमा विश्वास गर्छु र मूल्यमान्यतामा आधारित राजनीति र जिवन दर्शन अप्नाउँछु त्यसैले पनि यो पत्र, यो सन्देश सबैले पढ्न जरूरी छ ।

, मेरो टिम समाज द्वारा अपेक्षा गरिएको व्यक्तिहरू मध्येमा पर्छौँ भन्ने कुराको मनमा हेक्का छ त्यसैले निष्ठा र भरोसाको राजनीति नै अघि बढाउनुपर्छ । जे यथार्थ हो त्यसलाई स्विकार गर्ने पुरुषार्थ समेत हुनुपर्दछ र म त्यहि मात्र गर्दैछु  ।

म आफैँले अघिल्लो पटकको स्थानिय निर्वाचनमा गरेको वाचा, घर घर मतदातालाई बाँडेको घोषणापत्र बमोजिम काम नगरेको कारणले यस निर्वाचनमा आफुले मेयर पदको आकांक्षा राखि चुनाबमा प्रतिस्पर्धामा उत्रन नमिल्ने समिक्षा गरेको छु तसर्थ यस स्थानिय निर्वाचनमा रन्जुको उम्मेदवारी रहने छैन। तर, मैले हालको स्थानीय निर्वाचनमा प्रतिस्पर्धा नगर्ने निर्णय गरिरहँदा धेरैजनाले रन्जु दर्शनाले राजनीति छोडेको भनेर आंकलन गर्नुहुन्छ होला। यो साँचो होइन१ स्थानीय तहको राजनीतिमा समुदाय, स्थानीय सँग निकटको सम्बन्ध हुनैपर्छ । मेरो सक्रियता राष्ट्रीय मुद्दा, विषय, पार्टीको राजनीतिमा बढि व्यतित भएको छ यसर्थ यिनै सक्रियता अनुसारको कदममा म अघि बढ्ने छु।

मैले सुरु गरेको राजनीतिमा चुनाबमा बढि मत लेराएर बिजय हासिल गरेर मात्र हुँदैनस यो राजनीतिमा त राजनीतिक सुसंस्कार स्थापना गर्ने कुरामा म विश्वास गर्दछु, र त्येही मान्यतामा मेरो यो कदम आधारित छ। धेरै शुभचिन्तक, साथीहरुले यस स्थानिय निर्वाचनमा उठनुस् भनिरहनु भएता पनि म यो यथार्थ र परिस्थितिलाई खुल्ला मनले स्विकार गरि पूर्ण ससक्त रुपमा राजनीतिक यात्रा अघि बढाउने घोषणा गर्दछु।

May be an image of text

May be an image of text

प्रतिक्रिया