

आयात बन्द गर्नु समस्याको समाधान होइनः नेपाल उद्योग परिसंघ

काठमाडौं – नेपाल उद्योग परिसंघले देशको विद्यमान आर्थिक अवस्था एवं नियमनकारी निकायबाट जारी निर्देशनपश्चात उत्पन्न परिस्थितिबारे आफ्नो धारण सार्वजनिक गरेको छ । संघले आयात बन्द गर्नु समस्याको समाधान नरहेको बताएको छ ।
परिसंघले आफ्नो धारणा सार्वजनिक गर्दै भनेको छ, ‘कुनै पनि वस्तुको आयात बन्द गर्नु समस्याको समाधान होइन । यसकारण आयात व्यवस्थित गर्नेतर्फ सोच राखिनुपर्छ । स्वदेशी वस्तुको उत्पादन, बजारीकरण र उपभोग वृद्धिमा सरकारले विशेष पहल गर्नुपर्ने, नेपाल गम्भीर आर्थिक संकटमा नरहेको यथार्थ मनन् गर्दै बजारमा त्राषदिपूर्ण अवस्था आउन दिन नहुने र विदेशी मुद्रा आर्जनको संरचना र दीगो स्रोत पहिचानका लागि काम गर्ने उचित अवसर आएकाले ठोस नीति बनाइ काम गर्नु पर्छ ।’
श्रीलंकाको कूल ग्रार्हस्थ उत्पादन, कूल राष्ट्रिय ऋण, कूल सञ्चिति, मुद्रास्फितिको अन्तर हेर्दा हामी श्रींलकाको बाटोमा नरहेको परिसंघको भनाई छ । विभिन्न तथ्यांकले नेपाल र छिमेकी देश श्रीलंकाबीच तुलना गर्न नसकिने अवस्था प्रष्ट पारेको समेत परिसंघको भनाई छ ।
परिसंका अनुसार अर्थतन्त्र संकटमा रहेको संकेतहरू प्रदान गर्ने गरी राष्ट्र बैंकबाट एकपछि अर्को कदम चालिएको छ । यस प्रकारका कदमहरूले बजारलाई त्राषदिपूर्ण वातावरणमा पु¥याउने र थप तपशील बमोजिमका समस्याहरू बढाउन गरेको छ ।

