देउवालाई चितवन सभापति खनालको जवाफ, ‘जिल्ला पनि सम्हाल्न सक्दिनँ, निर्वाचन परिणामको पनि जिम्मा लिन्नँ’


चितवन — नेपाली कांग्रेसले अन्ततः भरतपुर महानगरपालिका माओवादीलाई छोड्ने निश्चितप्रायः भएको छ । कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकाको मेयर पद छाड्नुपर्ने बताएसँगै कांग्रेसले भरतपुर छाड्न लागेको औपचारिक घोषणा हुनमात्र बाँकी रहेको हो ।

मंगलबार चितवन जिल्ला सभापति राजेश्वर खनाललाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उनले भरतपुरको मेयर पद माओवादी केन्द्रलाई दिनुपर्ने बताएका हुन् ।

‘भरतपुर माओवादीलाई दिनपर्ने भयो, तपाईंले जिल्लाको माहोल सम्हाल्नुपर्‍यो’ भनेर देउवाले गरेको अनुरोधलाई आफूले जिल्ला सम्हाल्न नसक्ने बताएका थिए ।

जवाफमा जिल्ला सभापति खनालले जिल्लामा कार्यकर्ताहरु भरतपुर महानगरपालिकाको मेयर छाड्न नहुने पक्षमा रहेकाले आफूले पनि सम्हाल्न नसक्ने र निर्वाचन परिणामको जिम्मेवारी आफूले लिन नसक्ने जवाफ पार्टी सभापति देउवालाई दिएको जनाइएको छ ।

प्रतिक्रिया