भारतबाट पेट्रोलको मूल्य ४ रुपैयाँ घटेर आयो तर, आयल निगमले तत्काल नघटाउने


काठमाडाैँ- निरन्तर बढिरहेको पेट्रोल मूल्य भारतबाट घटेर आएको छ । गएको शनिबार भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४.७९ रुपैयाँले घटेको नेपाल आयल निगमले जनाएको छ ।

तर, नयाँ मूल्यअनुसार डिजेलमा प्रति लिटर २.०२ रुपैयाँ, हवाई इन्धनमा ०.३८ रुपैयाँ बढेर आएको निगमको विज्ञप्तिमा उल्लेख छ । तर, निगमलाई आगामी १५ दिनमा करिब ३ अर्ब ७४ करोड घाटा हुने स्थिति देखिएको विज्ञप्तिमा भनिएको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्यमा खासै कमी नआएको पनि जनाएको छ ।

No description available.

प्रतिक्रिया