
गभर्नर अधिकारीको रिटमा प्रारम्भिक सुनुवाइ आज
काठमाडौं – नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटउपर आज पेसी तोकिएको छ । हिजो सर्वोच्च अदालतमा दर्ता भएको रिटको पेसी आजका लागि तोकिएको हो ।
सरकारले आफूमाथि गरेको छानबिन गैरकानुनी भन्दै छानबिन समितिको गठनसँगै भएको निलम्बन गैरकानुनी भन्दै अधिकारीले आइतबार लगेको रिट सोमबार दर्ता भएको थियो ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले दर्ता प्रक्रिया पूरा भएको र पेसी मंगलारलाई तोकिएको जानकारी दिए । प्रवक्ता पौडेलले भने, प्रारम्भिक सुनुवाइ मंगलबार हुनेछ ।’
सरकारले गभर्नरमाथि गत चैत २५ मा छानबिन समिति गठन गरेपछि अधिकारी गभर्नरबाट निलम्बित भएका थिए । रिटमार्फत अधिकारीले आफूमाथिको छानबिन नै गैरकानुनी भएको भन्दै सरकारको निर्णय बदर गरी आफूलाई जिम्मेवारीमा फर्काउन अन्तरिम आदेशको माग गरेका छन् ।



कागजपत्र |
