आईपीएलः बटलरको शतकमा कोलकातामाथि राजस्थानको जित


काठमाडाैँ- इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सोमबार भएको खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्समाथि ७ रनको जित हात पारेको छ।

सोमबारको खेलमा पहिला ब्याटिङ गरेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१७ रन बनाएको थियो।

विशाल स्कोर खडा गर्ने क्रममा राजस्थान रोयल्सका लागि जोस बटलरले १०३ रनको शतकीय पाली खेलेका थिए।  जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले १९ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर २१० रन मात्र बनाउन सक्यो।

कोलकाताका लागि आरोन फिन्चले ५८ तथा श्रेयस एय्यरले ८५ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। राजस्थानका यजुवेन्द्र चहलले ५ विकेट लिए।

यससँगै राजस्थान लिगको दोस्रो स्थानमा उक्लिएको छ। उसले ६ खेलबाट ८ अंक जोडेको छ। कोलकाताले भने ७ खेलबाट ६ अंक हात पारेको छ।

प्रतिक्रिया