गठबन्धनको साझा चुनाव चिन्ह सम्भव छैन : प्रचण्ड


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहल प्रचण्डले गठबन्धन दलहरूको साझा चुनाव चिन्ह सम्भव नभएको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनमा प्रचण्डले गठबन्धन दलहरूबीच कम्तीमा वडाध्यक्षको उम्मेदवारको हकमा जुन पार्टीको भागमा प¥यो त्यसैको चुनाव चिन्हमा चुनाव लड्नेबारे छलफल भए पनि कुनै सहमति नभएको बताए ।

साझा चुनाव चिन्हको विषयमा निर्वाचन आयोगले सबै दललाई चुनाव दिइसकेकाले त्यो सम्भव नभएको स्पष्ट पारे ।

यस्तै, प्रचण्डले स्थानीय तह निर्वाचन मिति कुनै पनि हालत नसर्ने बताए । ‘निर्वाचन सर्दैन् । ३० वैशाखमै निर्वाचन हुन्छ । गठबन्धनमा आबद्ध दलहरू निर्वाचनको तयारीमा केन्द्रित भएर लागेका छौं । आम मतदातालाई म आ-आफ्नो ठाउँबाट निर्वाचनमा सहयोग गर्न आग्रह गर्दछु ।’ प्रचण्डले भने ।

निर्वाचनको मिति सर्ने खेलमा पाँच दलीय गठबन्धन नै लागेको भन्दै हल्ला फैलाइएको भन्दै उनले कुनै पनि हालतमा निर्वाचन नसर्ने प्रष्ट पारे । त्यसैगरी उनले देशभरका सबै महानगर र उपमहानगरमा गठबन्धनले सिट बाँडफाँट टुंग्याउने बताएका छन्।

 

प्रतिक्रिया