गभर्नर अधिकारीको रिट दर्ता, भोलिका लागि तोकियो पेशी


काठमाडौं – नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सरकारले आफूमाथि गरेको छानबिन गैरकानुनी भन्दै छानबिन समितिको गठनसँगै भएको निलम्बन गैरकानुनी भन्दै अधिकारीले आइतबार लगेको रिट आज दर्ता भएको हो ।

दर्तासँगै अधिकारीको रिटका लागि सर्वोच्चले मंगलबारका लागि पेशी तोकेको छ ।  सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले दर्ता प्रक्रिया पूरा भएको र पेसी भोलिलाई तोकिएको जानकारी दिए ।

सरकारले गभर्नरमाथि गत चैत २५ मा छानबिन समिति गठन गरेपछि अधिकारी गभर्नरबाट निलम्बित भएका थिए । रिटमार्फत अधिकारीले आफूमाथिको छानबिन नै गैरकानुनी भएको भन्दै सरकारको निर्णय बदर गरी आफूलाई जिम्मेवारीमा फर्काउन अन्तरिम आदेशको माग गरेका छन् ।

प्रतिक्रिया