लुक्ला उडेको समिट एयरको जहाज आकस्मिक अवतरण, इन्जिनमा समस्या देखिएपछि काठमाडौं फर्काइयो


काठमाडौं – काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एअरको जहाज बीचबाटोबाटै काठमाडौं फर्केर आकस्मिक अवतरण गरेको छ । जहाजको बायाँ इन्जिनमा समस्या देखिएपछि जहाज आकाशबाटै काठमाडौं फर्किएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

एनएएमपी जहाज आज बिहान ११ः५ मिनेटमा काठमाडौंबाट लुक्लाका लागि उडेको थियो। जहाज उडेको १५ मिनेटमै इन्जिनमा समस्या आएको थियो।

३ चालकदल सदस्यसहित १८ जना रहेको जहाजमा १० जना विदेशी थिए भने पाँच जना नेपाली यात्रु सवार थिए।

बायाँ इन्जिनमा समस्या देखिए पनि पाइलटहरूले सिङ्गल इन्जिनकै भरमा जहाजलाई सकुशल विमानस्थलमा अवतरण गराएका थिए । जहाजका यात्रुलाई अर्को जहाजबाट लुक्ला उडाउने तयारी गरिएको छ ।

 

प्रतिक्रिया