प्रचण्डले भेटे बाबुराम र उपेन्द्र यादव


काठमाडौं – बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिए लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनता समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भेट गरेका छन् ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा रहेको माओवादी कार्यालयमा दाहालले नेताद्वय भट्टराई र यादवलाई भेटेको स्रोतले जनाएको छ । उनीहरुबीच आगामी स्थानीय तह निर्वाचनकै बारेमा छलफल भएको पनि जनाइएको छ । गठबन्धनले भोलीसम्म महानगरका मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाउने निर्णय गरेलगत्तै प्रचण्ड भेटघाटमा व्यस्त भएका हुन् ।

बिहान पाैने १२ बजेदेखि भएको भेटवार्ता करिब ४० मिनेट चलेको जनाइएको छ ।

 

 

प्रतिक्रिया