चितवन राप्रपा नेपाल अध्यक्षको घरमा तोडफोड


चितवन – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल चितवनका अध्यक्ष विष्णुप्रसाद खरालको घरमा अज्ञात समूहले तोडफोड गरेको छ।

गएराती ९ बजेको समयमा ढुंगा र वियरको बोत्तल प्रयोग गरेर झ्यालको सिसा र टायल तोडफोड गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तोडफोडमा संलग्नको पहिचान भएको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अध्यक्ष खरालले भने, ‘म घरभित्रै बसिरहेको थिएँ, ९ बजेको समयमा बाहिर ड्याङग गरेको आवाज आयो, ढोका खोलेर आउँदा सिसा फुटेको देखे। वियरको वोत्तल र ढुंगा भेटेँ ।’

प्रतिक्रिया