राजदूत सिफारिस भएका २० जनामाथि उजुरी गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयमा सूचना (सूचनासहित)


काठमाडौं – संघीय संसद संसदीय सुनुवाइ समितिले सरकारले सिफारिस गरेका २० देशका राजदूतउपर उजुरी गर्ने व्यवस्था सहज बनाइदिन देशभरका जिल्लाा प्रशासन कार्यालयहरुलाई आग्रह गरेको छ ।

नियुक्तिका लागि सरकारबाट सिफारिस भई संसदीय सुनुवाइका लागि समितिमा पत्राचार भएपछि उजुरीका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा सूचना टास्ने व्यवस्था गरिदिन समितिले आग्रह गरेको छ ।

‘राजदूत पदमा उहाँहरूलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित मिति २०७९ वैशाख १२ गते कार्यालय समयभित्र समितिमा सूचना वा उजुरी दिन सकिने व्यहोरासमेत यसै सूचनाद्वारा सूचित गरिन्छ,’ समितिले सूचना प्रकाशित गर्दै भनेको छ, ‘यस्तो सूचना दिने सूचना दाताले आफ्नो नाम, थर, वतन स्पष्ट रूपमा खुलाउनुपर्ने तर नाम गोप्य राखिने व्यहोरा जानकारी गराइन्छ ।’

प्रतिक्रिया