पर्सामा भत्कियो पाँच दलीय गठबन्धन


काठमाडाैँ– केन्द्रमा सत्ता गठबन्धनका पाँच दलबीच आसन्न स्थानीय तहको निर्वाचनमा आपसमा तालमेल गर्ने निर्णय भए पनि कतिपय जिल्ला तथा स्थानीय तहमा भने पालना भइरहेको छैन।

यसै क्रममा पर्सा जिल्लामा पनि सत्ता गठबन्धनका पाँच दलबीच चुनावमा सहकार्य नहुने भएको छ। त्यहाँ नेपाली  कांग्रेस र जनता समाजवादी पार्टीले आपसमा तालमेल होइन, मित्रवत् प्रतिस्पर्धाचाहिँ गर्ने सहमति गरेका हुन्।

कांग्रेसका पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्री र जसपाका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा स्थानीय नेता कार्यकर्ताको मनोभावनाको कदर गर्दै जिल्लाका १४ वटै पालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति गरिएको उल्लेख छ।

शनिवार दुवै दलका जिल्ला प्रमुखले अलगअलग चुनाव लड्ने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

प्रतिक्रिया