सांसद चौधरीको पार्टीले पनि निर्वाचनमा उम्मेदवारी दिने


धनगढी – जेल जीवन बिताइरहेका प्रतिनिधिसभाका सांसद रेशम चौधरीको पार्टीले पनि स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।

चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीका १३ वटै स्थानीय तहमा उम्मेदवारी दिएर चुनावमा सहभागी हुने बताएको हो ।

स्थानीय तहको चुनावका लागि पार्टीका तल्लो तहका समितिलाई वैशाख ५ गतेभित्र उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया