जसपाका मेयरसहित १८ जना वडाध्यक्ष एमालेमा प्रवेश


सर्लाही – मधेसमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आक्रामक ढङ्गले पार्टी विस्तारलाई तीव्र बनाइरहेका बेला शनिवार सर्लाही सदरमुकाम मलंगवा पुगेका छन् ।

मलंगवामा आयोजित कार्यक्रममा सर्लाहीको कविलासी नगरपालिकाका मेयर कौशल किशोर यादवसहित विभिन्न स्थानीय तहका १८ जना वडाध्यक्ष एमालेमा प्रवेश गरेको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईँले बताए ।

सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका पूर्व पोलिटव्यूरो सदस्य केशव ढुङ्गाना, बसबरिया गाउँपालिकाका अध्यक्षका प्रत्याशी राम विश्वास राय लगायतका नेताहरू पनि एमाले प्रवेश गरेका छन् ।

प्रतिक्रिया