
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने : गठबन्धनका उम्मेदवारलाई सबैले भोट दिनुस्
काठमाडाैँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन्। शुभकामनासँगै उनले देश निर्वाचनमा होमिएको र गठबन्धनका उम्मेदवारलाइ नै भोट हाल्न अपिल पनि गरेका छन्।
‘देश, लोकतन्त्र र संविधानका विरुद्ध देखापरेको प्रतिगमनकारी षडयन्त्रलाई चिर्दै मुलुक, लोकतन्त्र र संविधानको रक्षामा निर्माण भएको प्रतिगमन विरोधी वाम–लोकतान्त्रिक गठबन्धन देश र जनतालाई केन्द्रमा राखी स्थानीय तहको निर्वाचनमा होमिएको छ,’ उनले भने, ‘लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको यस गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गरी गठबन्धनका साझा उम्मेद्वारलाई विजयी गराउन पनि सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक अपील गर्दछु ।’



कागजपत्र |
