जनमत पार्टीका महासचिव र गृहमन्त्रीबीच भेटवार्ता


काठमाडौं – जनमत पार्टीका महासचिव चन्दन सिंह र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ। बुधबार गृह मन्त्रालयमा भएको भेटमा सरकारसँग जनमत पार्टीले गरेका सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो।

०७५ फागुन २४ मा मा नेपाल सरकार र तत्कालीन सिके राउत नेतृत्वमा रहेको समूहबीच ११ बुँदे सहमति भएको थियो । भेटवार्तामा गृहमन्त्री खाँणले जनमत पार्टीले शान्तिपूर्ण तरिकाले राजनीतिक गतिविधि अगाडि बढाएकोमा खुसी व्यक्त गरेका थिए ।

निर्वाचनमा सहभागी हुने जनमत पार्टीको निर्णय सही भएको गृहमन्त्री खाँणको भनाइ थियो । सरकारसँग भएका सहमति कार्यान्वयन गर्न फेरि बैठक बस्ने र निष्कर्षमा पुग्ने सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सहमति कार्यान्वयन गर्न सरकार सकारात्मक रहेको गृहमन्त्री खाँणले बताएका थिए ।

प्रतिक्रिया