आईपीएलः चेन्नईको पहिलो जित, बेंग्लोर पराजित


काठमाडाैँ- इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत मंगलबार भएको खेलमा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंग्लोरमाथि २३ रनको जित हात पारेको छ। मंगलबार पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१६ रनको विशाल लक्ष्य खडा गरेको थियो।

चेन्नईका लागि शिवम दुवेले अविजित ९५ रन तथा रोबिन उथप्पाले ८८ रनको पाली खेले। जवाफी ब्याटिङमा उत्रिएको बेंग्लोरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १९३ रन मात्र बनाउन सक्यो।

चेन्नईका महीश थीक्सनाले ४ विकेट लिए। जारी आईपीएलमा पाँचौं खेलमा चेन्नईको लागि यो पहिलो जित हो।

प्रतिक्रिया