
चुनावी घोषणापत्रबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडाैँ- आउँदै गरेको वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन लक्षित घोषणापत्र सम्बन्धमा छलफल गर्न सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले आज (बुधबार) केन्द्रीय कार्यसम्पादन समितिको बैठक राख्दै छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा बस्नेछ।



कागजपत्र |
