लुम्बिनीमा गठबन्धनबाहिरका दलसँग चुनावी तालमेल गर्न नपाउने सहमति


काठमाडौँ– सत्तारुढ दलहरूको पाँच दलीय गठबन्धनले आगामी निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन सार्वजनिक अपिल गरेका छन्।

लुम्बिनी प्रदेशमा पनि पाँच दलले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई व्यावहारिकरूपमा कार्यान्वयन गर्ने निर्णय गरेका छन्। सोमबार बैठक बस्दै गठबन्धनबाहिर उम्मेदवार उठाउन नपाउने सहमति गरेका छन्।

बैठकपछि संयुक्त प्रेस विज्ञप्ति निकालेर प्रदेशमा पाँच दलीय गठबन्धनमा रहेका दलहरूले अन्य पार्टीसँग चुनावी एकता वा तालमेल गर्न नपाउने निर्णय समेत गरेका छन्।

प्रतिक्रिया