
कांग्रेसबाट निर्वाचित वीरगञ्ज-२१ का वडा अध्यक्ष हबिब मियाँ एमालेमा प्रवेश
वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर(२१ परवानीपुरका अध्यक्ष हबिब मियाँ नेटुवा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित उनी सोमबार नेकपा एमालेमा प्रवेश गरेका हुन्।
वडाअध्यक्ष मियाँलाई नेकपा एमाले पर्साका निर्वतमान अध्यक्ष एवं संविधान सभा सदस्य विचारी यादव, ईन्चार्ज प्रभु हजारा, प्रदेश कमिटी सदस्य बसरुद्दिन अन्सारीलगायतले माला र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।



कागजपत्र |
