नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा मुक्तिनाथ विकास बैंंकका सीईओ पोखरेल चयन


काठमाडौं –  नेपाल व्यवस्थापन संघ (म्यान) को कार्यकारिणी समितिमा मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युमन पोखरेल चयन भएका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष समेत रहेका पोखरेल (म्यान) को कार्यकारिणी समितिको व्यक्तिगत तर्फ चयन भएका हुन् ।

राजधानीको याक एन्ड यती होटेलमा शनिबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा उक्त मतदानको विजेताहरुको मत संख्याकाबारे जानकारी गराइएको थियो । यस विजयबाट एक बहुमुखी व्यक्तिको नेतृत्वबाट बैंकका सम्पूर्ण कर्मचारीमा थप उर्जा मिल्ने बैंकले विश्वास लिएको छ ।

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया