आज देशभर सार्वजनिक बिदा


काठमाडौँ– रामनवमी पर्वका लागि सरकारले आज सार्वजनिक बिदा दिएको छ। २४ चैतमा बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आज आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको शनिबार गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसअघि राम नवमीको अवसरमा मधेश प्रदेश सरकारले पनि प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो। रामनवमीमा जनकपुरसहितका ठाउँमा विशेष मेला लाग्ने गर्छ।

प्रतिक्रिया