नेपाल प्रो-क्लब च्याम्पियनसिप : एपीएफमाथि आर्मीको जित


काठमाडौं – आर्मी क्लबले शेन वार्नको स्मृतिमा जारी नेपाल प्रो–क्लब च्याम्पियनसिपमा सहज जित निकालेको छ । शनिबार भएको खेलमा आर्मीले एपीएफलाई ५१ रनले पराजित गरको हो ।

भैरहवास्थित सिदार्थनगर रंगशालामा आर्मीले दिएको १४० रनको लक्ष्य पछ्याएको एपीएफले १९ ओभर १ बलमा मात्र ८८ रन बनाएर अलआउट भयो ।

एपीएफका लागि प्रदिप ऐरीले ३१, रित गौतमले १२ तथा सुमित महर्जनले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

१० ओभर ५ बलमा ५२ रन बनाएर मात्र १ विकेट गुमाएको एपीएफ अन्तिम ३४ रन बनाउँदा ९ विकेट गुमायो । उसका आर्मीको जितका लागि सोमपालले ४ विकेट लिए । यस्तै शाहाब आलम, कुशल मल्ल र बिक्रम सोबले समान २ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनायो । आर्मीका लागि रोहित पौडेलले ८० रनको अविजित अर्धशतकीय पारी खेले । उनले ५७ बलमा ९ चौका र १ छक्क प्रहार गरे ।

यस्तै भिम सार्कीले २२ तथा विनोद भण्डारीले १९ रन्को योगदान गरे । बलिङतर्फ एपीएफका किशोर महतो र भुवन कार्कीले दुई–दुई विकेट लिए ।

प्रतिक्रिया