विराटनगरको मेयरमा एमालेबाट ५ जनाको नाम सिफारिस


विराटनगर – नेकपा एमालेले विराटनगरको मेयरमा ५ जनाको नाम सिफारिस गरेको छ।

स्थानीय तह निर्वाचनका लागि एमाले विरटनगर कमिटीले रामलाल साह, बाबुराम कार्की, सागर थापा, परशुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरेको हो ।

शनिबार बसेको एमाले विराटनगर महानगर कमिटीको बैठकले केन्द्रलाई सो नाम सिफारिस गरेको हो। विराटनगरको मेयरमा पूर्वमन्त्री लालबाबु पण्डितको नाम समेत चर्चा रहेपनि उनको नाम सिफारिस नभएको एक नेताले बताए ।

यस्तै एमालेले उपप्रमुखमा अन्जु उपाध्याय, शिल्पा कार्की र बिमला घिमिरे दाहालको नाम सिफारिस गरेको छ । विराटनगर कमिटीको अध्यक्ष समेत रहेका मेयरमा सिफारिस भएका सागर थापाले केही वडाको समेत उम्मेदवार टुङ्ग्याइएको र बाँकी उम्मेदवार पनि छिट्टै टुंगो लगाउने बताए ।

 

प्रतिक्रिया