सहरी विकास मन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा तामाङलाई हान्यो अनि भाग्यो


काठमाडौं– शहरी विकासमन्त्री प्रभु साह सवार ना१झ ३८४२ गाडीले सर्लाहीको हरिवनमा बच्चु तामाङलाई ठक्कर दिएर भागेको छ।

लालबन्दी नगरपालिका–८का ३५ बर्षीय तामाङ घाइते भएपछि उपचारकालागि स्वाभिमान अस्पतालमा भर्ना गरिएको छ।

उनको कम्मर र खुट्टामा चोट लागेको छ । तामाङलाई मन्त्री साहको गाडीले ठक्कर दिएको सर्लाही प्रहरीले जनाएको छ।

प्रतिक्रिया