दिल्लीलाई हराउँदै लखनउको तेस्रो दोस्रो स्थानमा उक्लियो


काठमाडौँ – दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेटमा लखनउ सुपर जायन्ट्सले जित निकालेको छ ।

बिहीबार दिल्लीले दिएको १५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । लखनउको जितमा क्विन्टन डी ककले सर्वाधिक ८० बनाए । यस्तै कप्तान केएल राहुलले २४ रनको योगदान गरे ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १४९ रनको योगफल तयार पारेको थियो । दिल्लीका पृथ्वी शाँले सर्वाधिक ६१ रन बनाए । यस्तै ऋषव पन्तले ३९ र सर्फराज खानले ३६ रनको योगदान गरे ।

जितसँगै लखनउले ४ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । दिल्ली ३ खेलबाट २ अंक जोडेर सातौँ स्थानमा छ ।

प्रतिक्रिया