

निर्वाचन आयोगको आचार संहिताप्रति एमालेको ६ बुँदे असहमति (पत्रसहित)

काठमाडौं – नेकपा एमालेले निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताको ६ बटा विषयमा असहमती जनाएको छ ।
आज (बिहीबार) सो पार्टीका महासचिव शंकर पोखरेल नेतृत्वको टोली आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आचारसंहिताबारे आफ्नो ध्यानाकर्षणपत्र बुझाएको हो ।
आयोले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागी जारी गरेको आचार संहिता भोली (शुक्रबार)देखि लागु गर्ने भएको छ ।
हेर्नुहोस् एमालेले आयोगमा बुझाएको पत्र

