कानुनमन्त्रीमा गोविन्द बन्दी नियुक्त, मन्त्री बडूले वाणिज्य मन्त्रालय सम्हाल्ने


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारीसमा अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् । उनले आजै (बिहीबार) दिउँसो २ बजे राष्ट्रपति कार्यालयमा पद तथा गोपणीयताको शपथ लिने कार्यक्रम तय भएको छ । यसअघि उक्त मन्त्रालय मन्त्री दिलेन्द्र बडूले सम्हाल्दै आएका थिए ।

उनलाई देउवाले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएको काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताए । काँग्रेस र गठबन्धनभित्र छलफलपछि यो निर्णय लिइएको उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् । उनले एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक घोषणाको मस्यौदा तयार गर्नमा भूमिका खेलेका थिए ।

प्रतिक्रिया