कमल थापाका छोराले राप्रपा सदस्यबाट दिए राजीनामा


काठमाडाैं – राप्रपा केन्द्रीय सदस्यबाट अभिषेक थापाले राजीनामा दिएका छन् । उनी राप्रपा नेपालका अध्यक्ष कमल थापाका छोरा हुन् । अभिषेकले बुधबारबाट साधारण सदस्यसमेत नरहने गरी राप्रपा सदस्यबाट राजीनामा दिएका हुन् । गत मंसिरमा सम्पन्न महाअधिवेशनबाट उनी सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया