स्थानीय तहको निर्वाचन: भुवन केसीले काठमाडौंको मेयरमा उम्मेदवारी दिने


काठमाडाैँ- चलचित्र नायक भुवन केसीले आसन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भएका छन्। ०७९ वैशाख ३० गते हुने चुनावमा अभिनेता केसी उन्नत लोकतन्त्र पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने भएका हुन्।

पार्टीका अध्यक्ष स्वागत नेपालले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार बसेको पार्टीको बैठकले काठमाडौंका स्थायी बासिन्दा भुवन केसीलाई मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो। साथै उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरिएको अध्यक्ष नेपालले उल्लेख गरेका छन्। यस्तै नायक केसीलाई उन्नत लोकतन्त्र पार्टीको परराष्ट्र विभागको विभागीय अध्यक्षसमेतको जिम्मेवारी दिइएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया