
फेरि बढ्यो पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य
काठमाडौँ- नेपाल आयल निगमले मंगलबार राति पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रति लिटर ५ रुपैयाँ बढेको हो । नयाँ मूल्य अनुसार अब पेट्रोलको भाउ प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।
निगमले खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।




कागजपत्र |
