तीन पार्टीका तीन उपप्रमुख एमाले प्रवेश, केपी ओलीले गरे एमालेमा स्वागत


वीरगञ्ज –  स्थानीय निर्वाचनको मुखैमा तीन उपप्रमुखहरु एमाले प्रवेश गरेका छन् । नेपाली कांग्रेस, जसपा र माओवादी केन्द्रबाट स्थानीय तहका उपप्रमुखमा विजयी भएका तीन जनप्रतिनििध एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा एमाले प्रवेश गरेका हुन् ।

पर्साको बहादुरमाई नगरपालिकाकी उपमेयर गायत्रीदेवी यादव र सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्ष फूलमतिदेवी थरुनी र धनुषाको विदेह नगरपालिकाका उपप्रमुख नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए ।

यादव नेपाली कांग्रेस र थरुनी जसपाबाट निर्वाचित भएका थिए ।

त्यस्तै धनुषाको विदेह नगरपालिकामा माओवादी केन्द्रबाट निर्वाचित उपमेयर निलम मण्डल पनि एमाले प्रवेश गरेकी छिन् ।

प्रतिक्रिया