विद्यालय हिँडेकी बालिकाको बाटोमा हत्या


काठमाडौं – विद्यालय जाने क्रममा उदयपुरमा एक छात्राको हत्या भएको छ ।

बेलका नगरपालिका-३ उदयपुरस्थित कोशी जनता माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत् कविता सुनुवारको हत्या भएको हो ।

सुनुवारको आज बिहान अतिरिक्त कक्षा (कोचिङ) पढ्न घरबाट विद्यालय जाने क्रममा सोही नगरपालिकाको यसोदा खोलामा हत्या भएको बेलका नरपालिकाका १ का वडाध्यक्ष दिनेश्वर चौधरीले बताए ।

उनका अनुसार गाउँबाट विद्यालय पुग्नेसम्म बाटोमा कुनै बस्ती छैन । घरबाट विद्यालय पुग्न आधा घण्टाको बाटोमा स्कूल नपुग्दै उनको हत्या गरेको अवस्था शव भेटिएको वडाध्यक्ष चोधरीले बताए ।

 

प्रतिक्रिया